Logo
Logo

मेयर बालेन शाह कसरी तयार भए बैठक डाक्न ?


3.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) कार्यपालिका बैठक र नगरसभा राख्न सहमत भएका छन् । बुधबार उपमेयर सुनिता डंगोलसँग छलफलपछि बालेन बैठक राख्न सहमत भएको बताइएको छ ।

मेयर शाखर उपमेयर डंगोलबीच लामो समयपछि भेटवार्ता भएको हो । राजनीतिक दलबाट निर्वाचित केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न मेयर शाह सहमति भएका हुन् । यसअघि उनी बैठक डाक्न आनाकानी गर्दै आएका थिए ।

छलफलमा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा–३२ का अध्यक्ष नवराज पराजुली र वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए । वडाअध्यक्ष मानन्धरका अनुसार मेयर शाहले चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत भएका छन् । उनले भने, ‘अब चाँडै बैठक बस्छ ।’

पछिल्लो समय पुसदेखि कार्यपालिका बस्न सकेको थिएन । बैठक बस्न नसक्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत अन्योलमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्