काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध हटाउने विषयमा छलफलमा जुटेका छन् । यी तीन दल अनौपचारिक रूपमा छलफलमा छन् र आज दिउँसो २ बजे औपचारिक बैठक बस्ने तयारी छ ।

यसअघि, विपक्षी दलहरूको बैठक पनि बस्दै छ । त्यसपछि कांग्रेस, एमाले र माओवादीबीच छुट्टै छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन् । एमाले सांसदहरूले संसद्को गतिरोध हटाउन कांग्रेस, एमाले र माओवादी एकमत छन् । माओवादी नेताहरूले सत्तापक्ष लचिलो भएमा अवरोध हटाउन सकिने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारको अनुसन्धानपछि सरकारले २०६४ सालदेखि भिजिट भिसामा विदेश जाने प्रक्रियामा आर्थिक अनियमितता भएरनभएको जाँच गर्न आवश्यक संयन्त्र बनाउने प्रतिबद्धता जनाउने तयारी छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भने यसमा सहमत छैन । रास्वपाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ।














