Logo
Logo

महानगरको लिफ्ट जडानमा भ्रष्ट्राचार गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी  


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको आरोप लगाउँदै उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा महानगरपालिकाले केही महिना अघि करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट बिना प्रतिस्पर्धा, टेन्डर र कोटेसन जडान गरेको दाबी गरिएको छ । सफलले उजुरीमा लेखेका छन्, “महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोमा मेरो विरोध होइन, तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११) र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिना प्रतिस्पर्धा, टेन्डर र कोटेसन अपारदर्शी रूपमा लिफ्ट जडान गरिएकोमा मेरो आपत्ति हो ।”

सफलले लिफ्ट जडानसम्बन्धी टेन्डर, बोलपत्र, निर्माण कम्पनीको विवरण, स्वीकृति फाइल, भुक्तानी विवरण, बिल–भौचरलगायतका कागजात झिकाएर अनियमितता र भ्रष्टाचारको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्