Logo
Logo

एक साताभित्र देशभर मनसुन सक्रिय हुने


441
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यो वर्ष मनसुन नेपालको पूर्वी भूभागमा औसत मितिभन्दा १५ दिनअघि प्रवेश गरेको र अबको एक साताभित्र देशव्यापी रूपमा फैलने विभागले बताएको छ ।

The current image has no alternative text. The file name is: ktm-rain.gif

बरिष्ठ मौसमविद् शान्ति कडेलका अनुसार बिहीबारदेखि देशभर वर्षा बढ्दै गएको छ । आगामी केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी वायु पूर्वी क्षेत्रमा सीमित रहे पनि एक साताभित्र देशभर सक्रिय हुने उनको भनाइ छ ।

कडेलले यो वर्ष वर्षाको मात्रा र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना रहेको बताइन् । उनले मौसमी प्रकोपबाट हुने क्षति कम गर्न सर्वसाधारणले नियमित मौसम जानकारी लिनुपर्ने सुझाव दिइन् । 

प्रतिक्रिया दिनुहोस्