Logo
Logo

संसद् गतिरोध अन्त्य गर्न सभामुख र प्रचण्डबिच छलफल


882
Shares

काठमाडौं ।  भिजिट भिसा प्रकरणका कारण अवरुद्ध प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । बिहीबार संसद् भवन, नयाँ बानेश्वरमा भएको उक्त छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग राखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्