Logo
Logo

देशको अवस्था नाजुक बनाउने कांग्रेस, एमाले र माओवादी हुन् : बाबुराम भट्टराई


819
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । 

The current image has no alternative text. The file name is: babbaba.gif

पार्टीको १० औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरुले १० बर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।  

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उनले बताए । त्यस्तै भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन बिपक्षीलाई देखाउने प्रवृत्ति देखा परेको बताए । 

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरूबाट मुलुकको परिवर्तन नहुने देखाएको दाबी गरे । आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठुला कुरा गरेर मात्रै नहुने उनको भनाइ छ । 

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रवार काठमाडौंमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए । कार्यक्रममा पुराना नभई नयाँ वैकल्पीक शक्तिहरू र पुराना दलबाट विद्रोह गरेका नेताहरूलाई आमन्त्रित गरिएको भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस्