काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् । सरोज सिंह कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।
घरबाट अनुसन्धान अधिकारीहरूले विभिन्न योजनाका कागजातहरू बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।