Logo
Logo

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध, बैठक भोलिसम्म स्थगित


315
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण सञ्चालन हुन सकेन । अवरोध जारी रहेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै निरन्तर अवरोध जारी राखिरहेका छन् ।

जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका विपक्षीहरूले जेठ १५ गते मात्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिएका थिए । त्यसयता बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

यही परिस्थितिमा माओवादी केन्द्र र रास्वपाको पहलमा कांग्रेसले मध्यमार्गी प्रस्तावमा लचकता देखाएपछि कांग्रेस नेताहरू एमालेसँग संवादमा जुटेका छन् । तर, सहमति भने अझै जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्