Logo
Logo

शुक्रवार प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छ : प्रचण्ड


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन गर्नुपर्ने आफूहरूको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको जानकारी  दिए ।

उनले  शुक्रवारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहिबेर बसेर स्थगित गरिएको उनले बताए । 

प्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ । प्रचण्डले समिति बनाएपछि तत्काल छानबिन सुरु हुने भन्दै अख्तियारसँग कुनै सरोकार नरहेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्