Logo
Logo

दुर्गा प्रसाईँमाथिको अनुसन्धान अपूर्ण, सीआईबीको फाइल सरकारी वकिलले फिर्ता पठायो


12.5k
Shares

काठमाडौं ।  विशेष सरकारी वकिल कार्यालयले विवादास्पद व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पठाएको अनुसन्धान प्रतिवेदन अपूर्ण भएको ठहर गर्दै फिर्ता पठाएको छ । 

The current image has no alternative text. The file name is: Durga_Prasain-Arrested-from-home4-1024x683-1.jpg

प्रसाईँमाथि विभिन्न बैङ्कबाट लिएको कर्जा अपचलन गरेको अभियोगमा मुद्दा चलाउन सीआईबीले दुई साता अघि प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनमा थप अनुसन्धान आवश्यक रहेको भन्दै निर्देशनसहित फिर्ता गरेको हो । 

“प्रतिवेदनको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखियो,” विशेष सरकारी वकिल कार्यालयकी प्रवक्ता सरिता पोखरेलले भनिन्, “निर्देशनसहित फाइल सीआईबीमा फिर्ता पठाइएको छ ।”

 अब सीआईबीले सरकारी वकिलको निर्देशनअनुसार थप अनुसन्धान गरी फाइल पुनः पेस गर्ने छ । यसैबीच, प्रसाईँ चैत १५ मा काठमाडौँमा भएको ध्वंसात्मक प्रदर्शनका मुख्य अभियुक्तका रूपमा पाँच अभियोगमा मुद्दा खेपिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्