Logo
Logo

एयर इण्डिया विमान दुर्घटना : २४२ मध्ये एकजना मात्र बाँच्न सफल


945
Shares

काठमाडौं । भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।

घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एकजना मात्र बाँचेको र उनीसँग आफूले कुराकानी गरेको बताएका छन् ।

विहीबार दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।

टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्