Logo
Logo

उच्चका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस


1.6k
Shares

काठमााडौं । उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् ।

आज बिहान बसेको न्याय परिषदको बैठकले न्यायाधीश राजनप्रसाद भट्टराई, हरिप्रसाद भण्डारी, लालबहादुर कुवँर र राजेश्वर तिवारीलाई उच्च अदालतकाे रिक्त मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

जसमा भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरका लागि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्