Logo
Logo

प्रधानमन्त्री असार तेस्रो साता स्पेन जाने


819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सेभिल सहरमा असार १६–१९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री असार तेस्रो साता स्पेन जाने भएका हुन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे जानकारी दिएकी हुन् ।

यसबारे नेपालले धेरै तयारी गरेको र यसबारे केहीदिन अघि भर्चुअल बैठक हुँदा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पनि उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्