Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक १५ असारमा बस्ने


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी असार १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 

The current image has no alternative text. The file name is: congress-head-office.gif

बैठक असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने जनाइएको छ ।

कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक गत साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो । यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्