Logo
Logo

सर्लाहीको हरकठवामा माओवादी नेतासहित २५ जना कांग्रेसमा प्रवेश


4.3k
Shares

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका नेता रामएकवाल राय यादवसहित २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्
पूर्वमन्त्री एवं नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा धनकौल गाउँपालिका–३ हरकठवाका २५ जना माओवादी नेता कार्यकर्ता स कांग्रेसमा प्रवेश गरेका छन् ।

एक विशेष कार्यक्रममा पूर्वमन्त्री सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै प्रदेश सांसद समेत रहेका सिंहले नेपाली कांग्रेस सर्लाही जिल्लामा सशक्त रुपमा स्थापित हुँदै गएको बताए । उनले कांग्रेसले सर्लाहीमा १२ स्थानीय तहमा जित दर्ता गराइसकेको र आगामी निर्वाचनहरूमा प्रदेशसभा तथा प्रतिनिधिसभामा पनि विजयी हुनेगरी संगठन बलियो बनिरहेको दाबी गरे ।

‘जनताको दुःखसुखमा निरन्तर साथ दिइरहेका छौं, विकास–निर्माण र जनसेवामा कांग्रेसको उपस्थिति बढ्दो छ,’ सिंहले भने । पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढिरहेको र विभिन्न पार्टी परित्याग गरेर नेता–कार्यकर्ताहरू प्रवेश गरिरहेको क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्