Logo
Logo

पहिरोले अरनिको राजमार्गसहित ५ सडक पूर्ण बन्द


756
Shares

काठमाडौं । पहिरोका कारण देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार पहिरोले कान्ति लोकपथ, अरनिको राजमार्ग, दिक्तेल–गाइघाट सडकखण्ड, रवि राके भेडेटार सडक र आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ ।

ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यसैगरि खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग भने एकतर्फी सञ्चालनमा आएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको हो । बर्खा लागेसँगै देशभर बाढी र पहिलो जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्