Logo
Logo

श्याम घिमिरेको प्रश्न- जेलमा भएका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले रास्वपालाई भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेको छ ।
आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यस्तो जिकिर गरेका हुन् ।

उनले पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरे ।

‘निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ? रास्वपाले नै नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उनले प्रश्न उठाए ।

रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि रास्वपा र राप्रपाले संसदमा नाराबाजी गरिरहेका छन् । तर, उनीहरुको विरोधलाई बेवास्ता गर्दै सभामुखले सदन सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्