काठमाडौं । तथ्यहीन एवं भ्रामक सामग्री प्रस्तुत गर्ने टिकटकरलाई पक्राउ गरिएको छ । खोटाङ निवासी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरिएको हो । हालः उनी भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ ।

टीकटकमा नियमित तथा नियोजित जातीय र साम्प्रदायिक भावनामा खलल पुर्याउने तथा प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी आधारहीन विषयलाई उठाउँदै आएको प्रहरीले जनाएको छ ।
भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको विषयमा अनुसन्धान गर्दा ती महिलाको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।














