काठमाडौं । आचार्य बन्धु समाज नेपालले असार १४ गते दही चिउरा कार्यक्रम गर्ने भएको छ । समाजको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । दही चिउरा कार्यक्रम कृष्णभोग पार्टी प्यालेश बानेश्वरमा हुने समाजका महासचिव एवं वरिष्ठ अधिवक्ता शुभनराज आचार्यले जानकारी दिए ।

समाजका सचिव इन्द्रप्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौंमा रहेका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको र निमन्त्रणा नआएमा यसैलाई सूचना मानेर उपथिति अनुरोध गरेका छन् । उनले एक हजारभन्दा बढी आचार्य बन्धुहरुलाई निमन्त्रणा गरिने बताए ।
समाजले नयाँ वर्ष, असारमा दही चिउरा, दशैंतिहार, तीज, टंकप्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहासशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका वार्षिक कार्यक्रमहरू गर्दै आएको छ ।
यसपटक भने समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनमै नतिजा आउने गरी कार्य भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताए ।
आचार्य बन्धु समाज (कौण्डिन्य)ले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार १५ मा (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको छ । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउन लागेका आचार्य बन्धुहरूलाई असार १४ गते दिउँसो २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समिति आह्वान गरेको छ ।