Logo
Logo

वीरगन्जमा सशस्त्र प्रहरीको छापा, २२ लाखभन्दा बढीको कपडा बरामद


756
Shares

पर्सा । वीरगन्ज महानगरपालिका–६ रेशमकोठीस्थित एक घरमा भारतबाट अवैध रूपमा ल्याएर लुकाई छिपाइ राखिएको करिब २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ उक्त स्थानमा छापा मारेको थियो । छापा मार्ने क्रममा ठुलो परिमाणमा फेन्सी कपडा बरामद भएको हो । 

बरामद गरिएको लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्