काठमाडौं । काठमाडौंको कलङ्कीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ । सोमबार दिउँसो १२:५० बजे काठमाडौं महानगरपालिका-१४ मा रहेको इडिफाइड इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ १३:३६ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।