Logo
Logo

जोखिममा एसबिआई बैंक


3.3k
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक पछिल्लो समय गम्भीर वित्तीय र व्यवस्थापकीय समस्यामा फसेको संकेत देखिएको छ । विशेषतः बैंकको निष्क्रिय कर्जामा उच्च वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो तथ्यांकअनुसार नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा ४.०६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १.९८ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो । यसले बैंकले प्रवाह गरेका कर्जाको गुणस्तरमा गम्भीर कमजोरी देखिएको पुष्टि गर्छ ।

कर्जाको असुली दर घट्नु, परियोजना छनोट र स्वीकृतिमा निष्पक्षता नहुनु, र ठूला पहुँचवालाहरूलाई प्राथमिकता दिनुजस्ता कारक तत्वहरू यस अवस्थाको मूल कारणका रूपमा देखिन्छन् ।

बैंकले हालसम्म कराडौँ रकम कर्जा नोक्सानी प्रावधान छुट्याउनुपरेको छ, जसले झनै स्पष्ट गर्छ कि जोखिम व्यवस्थापन प्रणाली कमजोर हुँदै गएको छ ।

जोखिममा रहेका ऋणीको संख्या बढ्दै जाँदा बैंकको नाफा र पुँजीमा समेत दबाब सिर्जना भएको देखिन्छ । वित्तीय कमजोरीसँगै, बैंकको नेतृत्व र मानव संसाधन व्यवस्थापनमा देखिएको असन्तुलनले आन्तरिक संकटलाई झन गहिरो बनाएको छ। हालै विकास आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी छन् ।

नेपाल एसबिआई बैंक भारतीय स्टेट बैंकको सहकार्यमा सञ्चालित भएको बैंक हो । यद्यपि यस बैंकले स्वतन्त्र रुपमा आफ्नो काम गर्न नसकेको टिप्पणी हुँदै आएको छ ।

नेपाल एसबिआई बैंकमा भारतीय स्टेट बैंकको ५५ प्रतिशत सेयर स्वामित्व छ । त्यसकारण पनि यस बैंकमा भारतीय पक्षकै दवदवा र दवाव रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्