
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । तीनकुनेको हिंसात्मक घटनामा प्रतिवादी बनाइएका उनी केहि बेरअघि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
हाजीरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्कबाहिर थिए । तर गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएपछि उनी अदालत उपस्थित भएका हुन् ।
मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो । सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा भएका थिए ।














