Logo
Logo

रवीन्द्र मिश्रको बयान जारी, आजै थुनछेक आदेश आउने


819
Shares

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको जिल्ला अदालत काठमाडौँमा बयान सुरु भएको छ ।

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि आज (मंगलबार) अदालतमा हाजिर भएका मिश्रको जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान भइरहेको हो ।

बयान सकिएपछि आजै थुनछेक बहस हुने र आदेश गर्ने जिल्ला अदालतको तयारी छ । आदेशपछि मिश्र पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारेखमा रिहा हुने भन्ने टुंगो लाग्नेछ ।

यसअघि सोमबार राप्रपाका महामन्त्री समेत रहेका सांसद धवलशमशेर जबरा अदालतमा हाजिर भएका थिए । यही मुद्दामा राणालाई अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । राणा धरौटी बुझाएर रिहा भएको भोलिपल्ट मिश्र अदालतमा उपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्