Logo
Logo

‘अलबिदा’ लेखेका डा. श्रेष्ठले भेटे गृहमन्त्री


0
Shares

काठमाडौं । सोमबार फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भई पछि सकुशल उद्धार गरिएका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । मंगलबार बिहान भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै पुगेर लेखकसँग भेट गरेका हुन् ।

गृहमन्त्रीसमक्ष पनि उनले आफूले रामेछाप अस्पतालमा बस्दाको पीडा सुनाएका छन् । आफूमाथि अन्याय भएको र यसबारे सुनाउँदा कतैबाट पनि सुनुवाइ नभएपछि आफुले आत्महत्याको बाटो रोजेको गुनासो गरेका थिए ।

त्यसपछि गृहमन्त्री लेखकले फेसबुक स्टाटस पढेर आफू चकित र चिन्तित भएको बताउँदै कठिन परिस्थितिमा पनि हिम्मतका साथ अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए । बिहान फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले दिउँसो बालाजु क्षेत्रबाट सकुशल उद्दार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्