Logo
Logo

रास्वपाका सांसदले ‘निलो रिबन’ किन लगाए ?


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आइरहेको रास्वपाले ‘मानव तस्करी’ को विरोध स्वरुप ‘निलो रिबन’ लगाएर संसद पुगेको हो ।

मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा ले ‘मानव तस्करी’ को विरोध गर्न आफ्ना पार्टीका सबै सांसदले निलो रिबन लगाएर संघीय सदनमा आएको बताए ।

यसअघि उनीहरूले संसदमा नाराबाजी र वेल घेरााउ तथा सभामुख देवराज घिमिरेको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए । यद्यपी उनीहरुको विरोधलाई बेवास्ता गर्दै आइतबारदेखि सभामुखले सदन सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्