Logo
Logo

सुनचाँदी गहनामा लगाइएको विलासिता करविरुद्ध न्यूरोडमा प्रदर्शन


441
Shares

काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले मङ्गलवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

The current image has no alternative text. The file name is: andona.gif

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप सङ्कटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूको सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज हुनुपर्ने माग छ । 

यसैबीच सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो ।

सो क्रममा प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्