
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते शनिबार तेस्रो स्थापना दिवस मनाउने भएको छ ।
रास्वपाको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
त्यस्तै रास्वपाले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने भन्दै ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित सङ्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।














