Logo
Logo

नेपालमा एम्पोरियो आर्मानीको भव्य प्रवेश, भोलि ग्रान्ड ओपनिङ


630
Shares


काठमाडौं । विश्वप्रसिद्ध प्रिमियम लाइफस्टाइल ब्रान्ड एम्पोरियो आर्मानीले अब नेपालमा पनि आफ्नो उपस्थिती जनाउने भएको छ ।

लक्जरी फेसनको दुनियाँमा अग्रणी मानिएको यो ब्रान्डले भोलि (शुक्रबार) दरबारमार्गमा आफ्नो पहिलो फ्ल्यागशिप स्टोर भव्य समारोहबीच सञ्चालनमा ल्याउन लागेको हो ।

नेपालमा एम्पोरियो आर्मानीको आधिकारिक आयातकर्ता तथा वितरकको रुपमा J&Co ले जिम्मेवारी सम्हालेको छ । कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको फेसन अनुभव प्रदान गर्ने लक्ष्यसहित यो अत्याधुनिक स्टोर स्थापना गरेको हो ।

फ्ल्यागशिप स्टोरमा सुरुचिपूर्ण डिजाइन, प्रीमियम गुणस्तरको ब्याग, बेल्ट, जुत्ता, तथा अन्य उच्चस्तरीय फेसन एक्सेसरीहरू उपलब्ध हुने J&Co का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले बताए ।

उनले भने, ‘हामीले नेपाली बजारमा ग्लोबल लक्जरी ब्रान्ड ल्याउने सपना देखेका थियौं, र आज त्यो सपना साकार भएको छ । एम्पोरियो आर्मानी केवल फेसनको नाम होइन, यो जीवनशैली र परिष्कृत स्वादको प्रतिनिधित्व हो ।’

दरबारमार्गको स्टोरले अब नेपाली उपभोक्तालाई आधिकारिक च्यानलमार्फत मौलिक एम्पोरियो आर्मानी उत्पादनहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर दिनेछ ।

यो प्रवेशसँगै नेपाल पनि ती विश्व मुलुकहरूको सूचिमा समावेश भएको छ, जहाँ एम्पोरियो आर्मानीको उपस्थिति आधिकारिक रूपमा रहेको छ । यो स्टोरले नेपाली लक्जरी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्