Logo
Logo

समाचार हटाउने आदेश खारेज


2.6k
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने यसअघिको आदेश खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदन खारेज गरेसँगै, न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश स्वतः खारेज भएको हो ।

The current image has no alternative text. The file name is: katahamandu.gif

न्यायाधीश शर्माले श्रेष्ठबारे प्रकाशित समाचार हटाउन आदेश दिएपछि बिजमाण्डु र नेपालखबर अनलाइनले सुनुवाइमा त्यसको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्