काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना रहेको छ ।
अनि कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
यसैगरी राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ भने कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना रहेको जनाइएको छ।














