Logo
Logo

कार्यभार सम्हालेपछि राजुनाथ पाण्डेले के भने ?


1.8k
Shares

काठमाडौं । उच्च अदालतको आदेश पछि काममा फर्केका काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पुरानो कुरा बिर्सिएर कार्यालय आएको बताएका छन् । 

The current image has no alternative text. The file name is: rajunath.gif

बिहीबार कार्यालयको नियमित काममा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले अदालतको निर्णयप्रति आभार व्यक्त गर्दै हिजोसम्मका पुराना सबै कुरा बिर्सिएर कार्यालय आएको बताएका हुन् । उनले नियम–कानुनको परिधिभित्र रहेर कानुनले तोके बमोजिम नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, नगर सभाका सदस्य सवैसङ जवाफदेही रहने बताए । आफु १५ दिन सेवाबाट बाहिर रहँदा अनुशासनहीन क्रियाकलाप भएको सुनेको भन्दै उनले नियमकानून विपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने स्पष्ट पारे । 

पाण्डेले चेन अफ कमान्ड नमान्ने कुनै पनि तहको कर्मचारीलाई नछाड्ने चेतावनी समेत दिए । कोहीप्रति आग्रह पूर्वाग्रहविना अव सशक्त भएर परिणाममुखी ढङ्गले महानगर प्रहरीले काम गर्ने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्