Logo
Logo

रास्वपा र राप्रपा सांसदले गरे संसद बहिस्कार


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुखले सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गर्दै मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

लगत्तै दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिए । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । तर दुई प्रतिपक्षीले आज पनि गृहमन्त्रीको राजीनामा र छानबिनको माग राख्दै सदन अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्