Logo
Logo

माओवादीले भन्यो- सरकारले संसद्लाई हेप्यो


567
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बारम्बार संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको धन्दै सरकारले सदनलाई हेपेको टिप्प्णी गरेका हुन् ।

‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन,’ प्रश्न गर्दै भने, ‘कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण के ?।’

बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थितिमा पनि प्रश्न उठाउँदै उनले मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधिसभा नियमावली विपरित हुने उल्लेख गरे ।

उनले भने, ‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने ? यो कहाँसम्मको अन्याय हो ?।’

प्रतिक्रिया दिनुहोस्