Logo
Logo

अमरेशले ७२ जिल्ला विदेशीलाई दिउँ भनेपछि संसद्‍मा लफडा


2k
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेटमा बिभेद गरिएको जिल्लालाई लिजमा दिउँ भनेपछि प्रतिनिधिसभामा हंगामा भएको छ ।

रास्वपा र राप्रपाको अवरोधकाबीच सञ्चालन भइरहेको बजेटमाथिको छलफलका क्रममा स्वतन्त्र सांसद सिंहले नेपालका ५ जिल्ला बाहेक ७२ जिल्ला विदेशीलाई लिजमा दिन भनेपछि संसद्मा हंगामा भएको हो ।

सिंहले भनेका थिए– ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु– यो भाग्यमानी चार÷पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ । बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउ, अमेरिकालाई दिउ, भारतलाई दिउ, चीनलाई दिउ ।’

उनले अगाडी थपे, ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने ?’ सिंहको अभिव्यक्तिमा सत्तारुढ एमाले सांसद महेश बर्तौलाले नियमापत्ति जनाए । उनले यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन रुलिङको माग गरे ।

लगत्तै सभामुख देवराज घिमिरेले सिंहको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिएका थिए । त्यसपछि एकछिन संसदमा चर्काचर्की परेको हो ।

प्रतिक्रिया दिनुहोस्