Logo
Logo

कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड एकतर्फी सञ्चालन


819
Shares

गुल्मी । पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका-१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सडक शुक्रवार बिहानदेखि अवरुद्ध भएको थियो ।

The current image has no alternative text. The file name is: sadk-jam.gif

लगातारको प्रयासपछि आइतबार साँझ मात्रै सडक एकतर्फी सञ्चालनमा आएको हो । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरा लगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भएको थियो ।

केही दिन अघिमात्रै पनि कालीगण्डकी करिडोरकै कालीगण्डकी गाउँपालिका-६ बर्लबामा पहिरो खस्दा अवरुद्ध सडक भने दुई दिनपछि एकतर्फी सञ्चालनमा आएको थियो । उक्त सडक पनि अझै दुईतर्फी सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्