Logo
Logo

ढुङ्गेअड्डामा ट्रकले एकसाथ २ मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु


693
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति थानकोटतर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक हुम्ला घर भएर तीनथाना बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियालको मृत्यु भएको हो ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्