Logo
Logo

एयरपोर्ट गेटमा ढलेको रूख सशस्त्रले पन्छायो


1.3k
Shares

काठमाडौं । गएरातिको अत्यधिक वर्षातका कारण रुख ढल्दा अवरुद्ध बनेको सिनामंगल सडक सुचारु भएको छ ।

राति करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वार (गोल्डेन गेट) अगाडि ढलेको रुख प्रहरी र सशस्त्रको सक्रियतामा रुख पन्छाइएपछि सवारी आवागमन सुचारु भएको हो ।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार नम्बर २० विपद् उद्धार उपत्यका गण सीनामंगलबाट खटिएको सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले गएराति पौने १ बजे रुख पन्छाएर सडक सुचारु गराएको हो ।

रुख ढल्दा बा ८४ प २४३५ नम्बरको मोटरसाइकलमा क्षति पुगेको र मोटरसाइकल चालक भने सुरक्षित रहेको सहायक प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्