
काठमाडौं । निरन्तर पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।शुक्रबारदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–१ गरगरेस्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले बताए । सडक खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।
निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै सडक खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टानसहितको पहिरोले समस्या भएको थियो ।
सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा लगायतमा चल्ने सवारीसाधन आवत जावतमा समस्या भएको थियो ।