Logo
Logo

काठमाडौंबाट महोत्तरी जाँदै गरेको बस रौतहटमा पल्टियो


1.2k
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बा.प्र–०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेको र उनीहरुको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए । दुर्घटनापछि बसका चालक फरार छन् भने को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते बाहेक अन्य १५ जना यात्रुलाई अर्काे सवारीमा गन्तव्यतर्फ पठाइएको डीएसपी रायले बताए । तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्