Logo
Logo

धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत भेटिइन्


1.3k
Shares

काठमाडौं । धनगढीमा कोठा भाडामा बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी आज बिहान धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा आफ्नै कोठामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी चौधरी कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा भित्रै मृत भेटिएको जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्