
काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित २२ जिल्लामा आज बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै उपत्यकासहित देशभरका विभिन्न २२ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।
आज इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी. अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बाढीको जोखिम देखिएको छ ।
तीन नदीमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।
त्यस्तै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुमपश्चिम, रुकुमपूर्व. जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब पनि बढ्ने भन्दै महाशाखाले उक्त नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ ।
