Logo
Logo

शिक्षकहरुले खोजे प्रचण्डको साथ


1.1k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उनीहरुले आज बिहान खमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएको सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको बताए ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।

उनले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्