Logo
Logo

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु


252
Shares

काठमाडौं । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो ।

घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्