Logo
Logo

एसएसपी कर्णजीतमाथि सशस्त्रले थाल्यो छानबिन


9.8k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा रहेका सशस्त्र प्रहरीका कमाण्डरमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

शान्ति स्थापनार्थ साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरीका एसएसपी रवीन्द्रराज कर्णजितमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।

११औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका कर्णजितको टोली बैशाख २३ गते नेपाल फर्किसकेको छ । तर, कर्णजितले त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा एक नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप छ ।

ती नर्वेजियन महिलाले यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको यौन दुव्र्यवहारबारे सशस्त्र प्रहरीले थाहा पाएको थियो ।

अहिले यौन दुव्र्यवहारको आरोपमा सशस्त्र प्रहरीको कानुन शाखाले एसएसपी कर्णजितमाथि अनुसन्धान गरिरहेको सशस्त्रका प्रवक्ता कालीदास धौबजीले जानकारी दिए ।

‘राष्ट्र संघले के कसो भएको भनेर पत्रचार गरेको छ, सशस्त्र प्रहरीले पनि मिसनबाट फर्केर आएका कर्मचारीसँग सोधपुछ गरिरहेको छ, कानुन शाखाले यो विषयमा छानबिन गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्