Logo
Logo

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्वीप


882
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

The current image has no alternative text. The file name is: mahesh-barthula.gif

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलवार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस्