काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको न्यायोचित वितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परेपनि हुबहु पारित गर्ने परम्परा रहेको बताए । महतले देशै भरी सांसद र कर्मचारीहरूले सर्वे गरेर सम्बन्धित जिल्लामा आवश्यक पर्ने कुराहरूको प्राथमिकताको सूची बनाउँदै समान ढङ्गले बजेट वितरण गर्नुपर्नेमा जोड दिए ।
सरकारले सांसदहरूको सिफारिसमा पनि बजेट विनियोजन गरेको भन्दै उनले कतै धेरै र कतै थोरै हुँदा गुनासो आउनु स्वाभाविक भएको बताए । उनले बजेटका विषयमा सांसदहरूका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्त बुझाउन सक्नुपर्ने बताए ।