Logo
Logo

६१ किलो सुन तस्करी प्रकरण : अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न आदेश


819
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमार्फत रोकालाई अदालतमा प्रस्तुत गरेको थियो । सोमबार थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

The current image has no alternative text. The file name is: amala.gif

सीआईबीले गत शुक्रवार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरिएको थियो । उनी सुन तस्करीमा संलग्न बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । ठमेलस्थित होटेल भियना उनकै नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धानका लागि विभागले सीआईबीलाई जिम्मेवारी सुम्पेको थियो ।

रोल्पाकी माओवादी नेतृ समेत रहेकी अमलाले दावा छिरिङसँग विवाह गरेपछि उनले माओवादी नेताहरूसँग सम्बन्ध विस्तार गरेका थिए । रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइँकुण्ड घुम्न गएको घटनामा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले पुनको बयानसमेत लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्