
काठमाडौं । जनकपुरधाममा कलाकार अंशा सदा मृत भेटिएकी छन् । मधेशको प्रख्यात हाँस्यव्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’मा कार्यरत २१ वर्षीया अंशा सोमबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले भित्रबाट ढोका बन्द गरेर सलको पासो लगाएर झुन्डिएको अवस्थामा राति ९ः३० बजेतिर उनको शव कोठामा फेला परेको जानकारी दिए । ६ महिना अगाडि मात्र उनले ‘कलकतिया बाली सिरियलका मुख्य कलाकार अविनाश झासँग विवाह गरेकी थिइन् ।
अहिले घटनास्थलको मुचुल्का गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लैजाने प्रहरीको तयारी छ । घटना सम्बन्धमाा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।











