Logo
Logo

नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


2.7k
Shares

काठमाडौं । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामको सूर्याेदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको जानकारी दिए ।

सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने भएपछि परीक्षणका क्रममा ती महिलामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज मृतयु भएको हो । कोरोना संक्रमित महिलाको शवलाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्